धनगढी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एक पुरुषको शव फेला परेको छ।

शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर–७ मा रहेको मध्यवर्ती सामुदायीक वनमा शव फेला परेको ७ नम्बरका वडा अध्यक्ष प्रताप धामीले जानकारी दिए।
उनका अनुसार मृतकको विवरण अहिले खुलेको छैन। यस सम्बन्धमा इलाका प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको उनले बताए।