अत्तरिया : कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ बस्ने भुवन सिंह लागुऔषधसहित पक्राउ परेका हुन् ।
उनलाई ०.१९ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ र ०.८१ ग्राम चरेश जस्तो देखिने कालो पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।