बैतडीकी हेमन्ती भारतको दिल्लीबाट बेपत्ता

बैतडी : बैतडीकी एक बालिका भारतको नयाँ दिल्लीबाट बेपत्ता भएकी छन् ।

Dhangadhi_Tihar 2083

मेलौली नगरपालिका–३ की १० वर्षीया हेमन्ती चन्द सोमवार दिउँसो नयाँ दिल्लीको कोटला भन्ने स्थानबाट बेपत्ता भएकी हुन् ।

पसल गएकी उनी पसलबाटै बेपत्ता भएकी र उनलाई कसैले लगेको दृश्य सीसीटीभी क्यामेरामा देखिएको स्थानीय जय चन्दले बताए । हेमन्तीका बुबा रोजगारीको सिलसिलामा दिल्लीमा छन् ।

उनी आफ्नी हजुरआमासँग विद्यालय बिदाको समय पारी दिल्ली घुम्न गएकी बताइएको छ । हेमन्तीको खोजीमा सहयोग गरिदिन घरपरिवारले आग्रह गरेका छन् ।

Loading...