बझाङमा चट्याङ : चार जना घाइते

बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन्।

मङ्गलवार साँझ ७ः१५ बजे आइते रावतको घरमा चट्याङ लाग्दा नजिकै रहेका चार जना घाइते भएका हुन्। घाइतेमध्ये बेलुदेवी खड्का, लुरी खुड्का र दुदा रावत अचेत अवस्थामा छन्।

एकिन्द खड्काको अवस्था सामान्य रहेको स्थानीय वाल्मीकि जोशीले बताए। घाइतेलाई उपचारका लागि स्थानीयले गडराय स्वास्थ्य चौकी लगिएको छ।

Deep Jyoti Pustak psl
Loading...