धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाबाट प्रहरीले चार लाख बढीको अवैध सामान बरामद गरेको छ।

हिजो (मंगलवार) धनगढी उपमहानगरपालिका–३ पक्कीकुवा र धनगढी–४ सौराई पार्टी प्यालेस नजिकबाट भन्सार छलीको अन्दाजी ४ लाख सात सय मूल्यको सामान बरामद गरेको हो।
बरामद गरेको प्याज, चिनी, कुर्ती, धोती, गम्छा लगायतका सामान कारबाहीका लागी भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।