गोदावरीमा १ जना पक्राउ

धनगढी : वन मुद्दामा फरार रहेका कैलालीको गोदावरीका १ जना पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्दामा ३ महिना कैद सजाय र २ लाख ७५ हजार जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका–४ बस्ने ४६ वर्षीय प्रेम मल्ल पक्राउ परेका हुन्।

मल्ललाई बुधवार अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी सजाए भुक्तानका लागि अदालतमा पेश गरेको छ।

Loading...