कैलाली जग्गा तथा आवास विकास संघको नयाँ कार्यसमिति चयन

धनगढी : कैलाली जग्गा तथा आवास विकास संघको नयाँ कार्यसमिति चयन गरिएको छ।

Dhangadhi_Tihar 2083

धनगढीमा बसेको जग्गा तथा आवास विकास संघको बैठकले डबलबहादुर ऐरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो। अध्यक्ष उपेन्द्र अवस्थीको अध्यक्षतामा बसेको बैठक गठन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा चक्र बिष्ट, महासचिवमा कृष्णराज पन्त, सचिमा डम्बर बिष्ट र कोषाध्यक्षमा पतिराम चौधरी चयन भएका हुन्।

यस्तै सदस्यहरुमा इन्द्रबहादुर चन्द्र, हिरण्ढकुमार साउद, हरि भट्ट, महेन्द्र यादव, राजन भट्ट र लालबहादुर थापा चयन भएका छन्। यसैगरि सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार प्रभातकुमार चौधरी, उप्रेन्द्रप्रसाद अवस्थी, उमेश गिरी, पर्वत भण्डारी, दिपेन्द्र शाही, गोपाल शाही र लालबहादुर देउवा चयन भएका छन्। संघले गत वैशाख १७ गते आफ्नो प्रथम अधिवेशन समेत गरेको थियो।

Loading...