धनगढी : सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले मृतक दावि भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

कम्पनिले कृष्णपुर नगरपालिका – ७ कन्चनपुरकी फुलमती रानालाइ मृतक दावी भुक्तानी रकम हस्तान्तरण गरेको हो । रानाको घरमै गएर ४ लाख २१ हजार दाबी भुक्तानी रकम हस्तान्तरण गरिएको कम्पनीका क्षेत्रिय शाखा प्रमुख हेमन्त सिंहले वताए। फुलमतीका श्रीमान मुलचन्द्र रानाको २०८० चैत्र २८ गते मृत्युु भएको थियो।
मृतक मुलचन्द्रले उक्त कम्पनिमा २ लाख वरावरको विमा गरेका थिए । मृतक रानाले ५ किस्ता मात्र विमा भरेका थिए ।
मृतक मुलचन्द्रकी श्रीमतीलाइ कम्पनीका प्रदेश कार्यालय प्रमुख गणेशप्रसाद उप्रेती र भलमन्सा हरिकिसन रानाले मृतक दावी भुक्तानी रकम हस्तान्तरण गरेका हुन ।