अत्तरिया : कैलालीको अत्तरियामा धेरै समय पछि आज पानी पर्दै छ। धेरै दिनपछीको गर्मी र खडेरीपछि आज पानी परिरहेको हो।

कैलाली र अत्तरिया लगायतका क्षेत्रमा केहि दिनयता अधीक गर्मी संगै लु चलीरहेको थीयो । आज पानी परेपछी यहाँका किसानलगाएत सर्वसाधारणलाई राहात पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार धनगढीको गर्मी केहीदिन ४० डिग्री सेल्सियस पुगेको थियो।