अत्तरिया : कैलालीको अत्तरियाबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन ।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – १ अत्तरियाको बरपिपल गल्लीबाट विकास कट्टेललाई पक्राउ गरेको हो ।
उनको कोठामा चेकजाँच गर्दा लागु औषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ १ (एक) ग्राम फेला परेको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।