डोटी : डोटीमा होटल एवम् रेष्टुरेन्ट सञ्चालकहरुलाई तालिम दिईएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीले होटेल, रेस्टुरेन्ट, क्यान्टिन, होमस्टे लगायत खाजा नास्ता घरका सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी एक दिने तालिम दिएको हो ।
कार्यालयको चालु आर्थिक वर्षको स्विकृत कार्यक्रम अन्र्तगत रहेर होटल व्यवसायीहरुलाई उक्त तालिम दिईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका निमित्त प्रमुख खाद्य निरीक्षक सागर सापकोटाले बताए ।
उनले तालिममा नेपालमा खाद्य जोखिम र फुड पोइजनिंगको वर्तमान अवस्था, स्थानीय तहको भूमिका, लेबलिङ र प्याकेजिंङ खाद्य सामाग्री खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरू लगायतका बारेमा जानकारी गराईएको बताए । कार्यक्रममा खाद्य स्वच्छता र खाद्य ऐनका बारेमा कार्यालयका खाद्य प्राविधिक रमेश कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुतीकरण पश्चात् सहभागीहरूले खाद्य स्वच्छताको बारेमा आम नागरिक सचेत हुन आवश्यक रहेको बताएका थिए । तालिममा विभिन्न होटलका सञ्चालक, होटेल व्यवसायी सङ्घका पदाधिकारी लगायत गरी ३८ जनाको सहभागिता रहेको थियो ।