डोटीमा चट्याङ लागेर ३१ वर्षीया पार्वती घाइते

डोटी : डोेटीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन्।

जिल्लाको जोरायल गाउँपालिका–४ बाँजिलेककी ३१ वर्षीया पार्वतीदेबि बोहरा चट्याङ लागेर घाइते भएकी हुन्।

आज (शनिवार) बिहान घरमा बसिरहेको बेला हावाहुरी सहित घरमा परेको चट्याङले बोहरा घाइते भएकी हुन्। चट्याङबाट बोहराको घरमा क्षेती पुग्नुको साथै गोठमा रहेको १ बाख्रा समेत मरेको इलाक प्रहरी कर्यालय जोरायलले जनाएको छ।

घाइते बोहराको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ।

Loading...