कैलालीको धनगढीमा नेपाल प्रहरीको पेट्रोल पम्प सञ्चालनमा

धनगढी : कैलालीको धनगढीमा नेपाल प्रहरीको पेट्रोल पम्प सञ्चालनमा आएको छ।

धनगढी उपमहानगरपालिका–२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय नजिकै पेट्रोल पम्प सञ्चालनमा आएको हो।

Dhangadhi_Tihar 2083

पेट्रोल पम्पको औपचारिक उद्घाटन एक महिनाभित्रै हुने प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रमुख (डीआइजी) रविन्द्र केसीले बताए।

प्रमुख (डीआइजी) केसीका अनुसार सो पम्पसहित धनगढीको प्रहरीको गण र महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको भवन पनि सँगै उद्घाटन हुने छ।

नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको धनगढीको सो नमूना पेट्रोल पम्पबाट २४ घण्टा सेवा प्रदान गर्ने बताइएको छ।

Loading...