अत्तरिया उद्योग बाणिज्य संघको अधुरो भवन निर्माण सुरु, परिसरमा सशस्त्रले ब्याटमिन्टन कोर्ट बनाउदै

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं २ बनखेतमा रहेको अत्तरिया उद्योग वाणिज्य संघको अधुरो भवनको निर्माण कार्य सुरु भएको छ ।

Dhangadhi_Tihar 2083

अत्तरिया बजारमा रहेका व्यापारीहरूको समुहले निर्माण कार्य सुरु गरेको महासचिव शंकर खड्काले बताए ।

यस्तै उद्योग बाणिज्य संघको परिसरमा सशस्त्र प्रहरीले ब्याटमिन्टन कोर्ट बनाउन सुरु गरेको छ । अत्तरिया उद्योग बाणिज्य सघको भोगचलनमा रहेको जग्गामा सशस्त्रले आफ्नो दाबी गर्दै ब्याटमिन्टन कोर्ट निर्माण गर्न लागेको हो ।

२०६२ सालदेखि सघको भोगचलनमा रहेको जग्गामा सशस्त्रले आफ्नो दाबी गर्दै कोर्ट बनाउन लागेको संघका अध्यक्ष कल्याण बोहराले बताएका छ्न ।

Loading...