अत्तरिया : कञ्चनपुरमा एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरका जनकराज जोशी आइतवार पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनलाई चेक अनादर मुद्दामा कञ्चनपुर जिल्ला अदालतको २०७९ चैत ९ गतेको फैसलाले दुई वर्ष कैद र २ हजार रुपैयाँ जरिबाना सुनाएको थियो ।
उनलाई जिल्ला अदालतमा पेश गरी तोकिएको कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।