धनगढी : कैलालीको गोदावरीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १४ हजार ६०२ जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका–१ बस्ने ४० वर्षीय रविन्द्र सोव पक्राउ परेका हुन्।
सोवलाई आइतवार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।