कञ्चनपुरमा ६ जना जुवाडे नगदसहित पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

भीमदत्त नगरपालिका–५ बनखेत स्थित शंकर दत्त भट्टले संचालन गरेको हाईवे फास्ट फुडमा जुवातास खेलिरहेको अबस्थामा सञ्चालक भट्टसहित ६ जना पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फास्ट फुडमा चेकजाँच गर्दा नगद ६१ हजार २ सय र १ गड्डी ताससहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Loading...