लम्की : कैलालीको लम्कीमा बाख्रापालन तालिम आयोजना गरिएको छ ।

लम्कीचुहा नगरपालिका – ६ मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था गुलरा शाखाको आयोजनामा एक दिने बाख्रा पालन तालिम सम्पन्न भएको हो । तालिममा ५४ जनाको सहभागिता रहेको थियो ।
आइतबार सम्पन्न तालिमको लम्कीचुहा नगरपालिका ६ का वडा अध्यक्ष लोकेन्द्र कडायतले उद्घाटन गरेका थिए । कार्यक्रमको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था अनुगमन अधिकृत रमेश केसीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको संचालन संस्थाका भालुफाटा कैलाली शाखा शाखा प्रमुख जित बहादुर थारुले गरेका थिए ।