दुर्गालक्ष्मी नमूना माविमा प्राथमिक उपचार कक्ष स्थापना

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको दुर्गालक्ष्मी नमूना माविमा प्राथमिक उपचार कक्ष स्थापना गरिएको छ ।

मंगलबार विद्यालयमा आयोजना गरिएको विद्यालयको शैक्षिक कार्यपात्रो सार्वजनिकीकरण समारोहका बिच नगरप्रमुख विरेन्द्र भट्टले प्राथमिक उपचार कक्षको उद्घाटन गरेका थिए ।

Dhangadhi_Tihar 2083

प्राथमिक उपचार कक्षको उद्घाटन गर्दैै भट्टले हाल नगरमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्न चाहेको भएपनि आर्थीक मन्दीका कारण सम्भव नभएको बताए ।

स्टाप नर्स हेमा श्रेष्ठले विद्यालयमा स्थापना गरिएको प्राथमिक उपचार कक्षबाट बालबालिकालाई परामर्श, विद्यालयमा अचानक विरामी भएका विद्यार्थीको उपचार, चोटपटक लागेको प्राथमिक उपचार गरिने बताइन् ।

कार्यक्रममा विद्यालयले एक शैक्षिक सत्र भित्र गर्ने कामको शैक्षिक कार्यपात्रो सार्वजनिक गरिएको थियो ।

Loading...