बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवको अवसरमा धनगढीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढी : नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवको अवसरमा धनगढीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयको आयोजनामा सरोकारवालाहरूसँग अन्तरक्रिया सम्पन्न भएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमानसिंह खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढी शाखाका सुवास आचार्य सहित जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Dhangadhi_Tihar 2083

नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय धनगढीमा स्थापना भएपछि बीमाको क्षेत्रमा भए गरेका काम र बीमाको अवस्था बारे प्राधिकरणका प्रादेशिक कार्यालय धनगढीका निर्देशक हृदयराज पण्डितले प्रस्तुति गरेका थिए।

बीमा प्राधिकरणले स्थानीय सरकारहरूलाई बीमा अभिमुखीकरण, सरोकारवालाहरूसँग अन्तरक्रिया, प्रदेश सरकार र स्थानीय तहहरूसँग सहकार्यको प्रयास भएको बताइएको छ। बीमा प्राधिकरणले तालिम तथा अभिमूखीकरण कार्यक्रम सञ्चालन गरेको, १२ वटा एफएम रेडियोबाट स्थानीय भाषामा बीमा सम्बन्धि जनचेतनामूलक सामग्री प्रसारण गरेको, विवाद समाधान, सहजीकरण तथा न्यायीक कारबाही समेत गरेको पण्डितले बताए।

बीमा प्राधिकरणले सुदूरपश्चिमका १४ पालिकामा अन्तरक्रिया र छलफल गर्नुका साथै कृषि तथा पशुपन्छी लघु बीमाका सरोकारवालासँग समेत छलफल र अन्तरक्रिया भएको बताइएको छ।

Loading...