कञ्चनपुरमा अत्तरियाका एक सहित ३ जना लागूऔषधसहित पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

कञ्चनपुरको बेलौरी नगरपालिका–७ कालोपुलबाट शुँक्लाफाटा नगरपालिका–१ वन्साह बस्ने २१ वर्षीय पारश बिष्ट र १८ वर्षीय किशोर ०.२३ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्।

यी दुबै जनाको साथबाट मोटरसाईकल १ थान समेत नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस्तै बेलौरी नगरपालिका–६ नकैयाबाट कैलालीको गोदावरी नगरपालिका–२ अत्तरीया बस्ने २५ वर्षीय समिर बसुवालाई २.५६ ग्राम खैरो हेरोईनसहित नियन्त्रणमा लिईएको कञ्चनपुर प्रहरीले जनाएको छ।

खैरोहेरोईनसहित मंगलवार तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाइएको छ।

Loading...