कैलालीबाट तीन जना पक्राउ

धनगढी : कैलालीबाट तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

सवारी ज्यान मुद्दामा २० दिन कैद सजाय र २ हजार जरिवाना ठहर भएका बर्दगोरीया गाउँपालिका–४ बस्ने ३० वर्षीय नरेश डगौरा, कुटपिट मुद्दामा ४९० जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने ५० वर्षीय बिष्णु थापा र चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय ठहर भएका धनगढी उपमहानगरपालिका–१२ बस्ने १९वर्षीय मिलन शाही पक्राउ परेका हुन्।

अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका विभिन्न मुद्दाका तीनै जना प्रतिवादीलाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Loading...