अत्तरियामा भेट्रान्स कप क्रिकेट प्रतियोगिता सुरु

अत्तरिया : कैलालीको अत्तरियामा भेट्रान्स कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । पिएफए स्पोर्ट्स क्लबको आयोजनामा आजदेखी प्रतियोगिताको पाचौं संस्करण सुरु भएको हो ।

आज (बुधबार) एक औपचारिक कार्यक्रमका बिच दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख डाक्टर डम्बर बहादुर पालले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा विभिन्न क्लबका प्रतिनिधि तथा स्थानियको सहभागिता रहेको थियो ।

यही जेठ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशभरीका कुल ९ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १ लाख ११ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ भने द्धितिय हुने टिमले नगद रु. ५५ हजार ५५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगीतामा सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार, उत्कृष्ट ब्याट्सम्यान तथा बलरलाई समान रु. ५/५ हजार र प्रत्येक म्याचको म्यान अफ द म्याचलाई उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको बताईएको छ ।

Deep Jyoti Pustak psl
Loading...