अत्तरिया : सुदुरपश्चिम प्रदेशको प्रवेश द्वारमा रहेको कैलालीको अत्तरिया बसपार्क व्यवस्थित गर्न थालिएको छ ।
गोदावरी नगरपालिकाले बसपार्कको खाली रहेको क्षेत्रलाई सम्याएर व्यवस्थीत गर्न लागेको हो । बसपार्कको व्यवस्थापनका लागि नगरपालिकाले स्थानिय निर्माण व्यवसायीहरुसँग सहयोग मागेको छ । स्थानिय निर्माण व्यवसायी राजेन्द्र खड्काले नगरलाई स्वस्फुर्त रुपमा सहयोग गरिरहेको बताए ।


उनले नगरपालिकाले बसपार्कलाई व्यवस्थीत बनाएर प्रयोगमा ल्याउने भएपछि आफुहरुले पनि सहयोग गरेको बताए । नगरप्रमुख विरेन्द्र भट्टले बसपार्कको प्रयोगमा नआएको क्षेत्रलाई सम्याएर व्यवस्थीत गर्न लागिएको बताए । उनले बसपार्कको व्यवस्थापन गर्न नगरपालिकाले काम गरिरहेको बताए ।
उनले यसअघि ठेलाहरु राखिएको र खाली रहेको स्थानलाई सम्याएर पुनः त्यसलाई व्यवस्थीत गरि प्रयोगमा ल्याउन सकिने किसीमले काम भैरहेको बताए । उनले नगरपालिकाले सपिङ्ग कम्प्लेक्स सहितको बसपार्कको अवधारणा अगाडी ल्याएको पनि बताए । उनले त्यसको डिपिआर पनि भैसकेको र अनुमानित लागत ५४ करोड लाग्ने देखिएको बताए ।

उनले अवधारणा अनुसार बसपार्क बनाउन सके नगरपालिकालाई वार्षिक १५/२० करोडको आयआर्जन गर्न सकिने देखिएको बताए ।