धनगढी : नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।
एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको हो । बुधबार प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बैठक बसेको थियो ।
प्रदेश सभा सदस्य धर्मराज पाठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने निर्णय भएको बताए । मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिँदैछन् ।