बाजुरामा काफलको रुखबाट खसेर महिलाको मृत्यु

धनगढी : बाजुरामा काफलको रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको बुढीगंगा नगरपालिका–६ सायल घर भई बडीमालिका नगरपालिका–८ मार्तडी बस्दै आएकी ६१ वर्षीया मनादेवी भारतीको काफलको रुखबाट खसेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार काफल टिप्न गएकी उनी बुधवार राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा नेपाली सेनाको दुर्गा भञ्जन गुल्म ब्यारेक नजिक रहेको तिलेचौरमा काफलको रुखबाट खसेर मृत अवस्थामा फेला परेकी हुन्।

Loading...