बैतडी : बैतडीका एक बालक बेपत्ता भएका छन ।

बुधबार देखी जिल्लाको सुर्नया गाउँपालिका – १ हटैराज घर भएका १४ बर्षीय किरनबहादुर चन्द बेपत्ता भएका हुन ।
बुधबार बिहान घरबाट विद्यालय जान्छु भनि हिँडेका चन्द घर नफर्केपछि बुधबार साँझ प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।
किरन उच्चाकोट मावि हटैराज गुर्केलीमा कक्षा ७ मा अध्ययनरत रहेको बताइएको छ । किरनको खोजीका लागि उनको हुलियासहित सबै ठाउँमा पत्राचार गरिसकिएको प्रहरी निरीक्षक जोशीले बताए ।