कैलालीको बल्चौरका एक युवक नहरमा डुबेर बेपत्ता

धनगढी : कैलालीको एक नहरमा डुबेर युवक बेपत्ता भएका छन्।

Dhangadhi_Tihar 2083

जिल्लाको लम्की चुहा नगरपालिका–३ बल्चौरका ३३ वर्षीय जीवन बादी रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका हुन।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शुक्रवार दिउसो उनी नहरमा डुबेका हुन्। इलाका प्रहरी कार्यालय, चिसापानीको टोली घटनास्थलमा पुगेको छ।

उनको खोजी कार्य र आवश्यक अनुसन्धान थालेको प्रहरीले बताएको छ।

Loading...