अत्तरिया : सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परेर १४५ जनाको मृत्यु भएको छ ।
चालु आर्थिक वर्षको १० महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परी १ सय १५ पुरुष, २० महिला र १० बालबालिका गरी १ सय ४५ जनाको मृत्यु भएको हो ।

सो अवधिमा ३ सय ३८ वटा सवारी दुर्घटना भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
जसमा १ सय ७५ मोटरसाइकल, ४४ जिप-कार, ३२ ट्रयाक्टर, १८ बस, १८ साइकल,रिक्सा, १६ टेम्पो, १४ ट्रक-ट्याङ्कर, सात टिपर, ७ माइक्रो, ३ वटा डोजर र चार अन्य दुर्घटना भएका छन ।
गत आर्थिक वर्षमा २ सय ५५ सवारी दुर्घटनामा परी १ सय ७७ जनाको मृत्यु भएको थियो भने एक सय ९७ जना गम्भीर घाइते र दुई सय ७६ जना सामान्य घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।