अत्तरिया : अत्तरिया मोबाईल व्यवसायी संघको नया कार्य समिती चयन गरिएको छ । मोबाईल व्यवसायी संघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष गंगा प्रसाद निरौलाको अध्यक्षतामा शनिबार बसेको बैठकबाट नेत्र बहादुर मोक्तानको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरिएको हो ।
समितीको उपाध्यक्षमा टिकाराम अधिकारी, महासचिवमा रमेश कँडेल, सचिवमा सोम प्रसाद सापकोटा र कोषाध्यक्षमा हंश राज तिवारी चयन भएका छन् । यस्तै सदस्यहरुमा सुर्य खत्री, भक्त बहादुर बोहरा रहेका छन् भने सल्लाहकारमा गंगा प्रसाद निरौला, गणेश बोगटी र चन्द्र सिंह धामी रहेका छन् ।

यस्तै बैशाख २९ गते मोबाईल व्यवसायी संघ नेपालले सुदुरपश्चिम प्रदेशको नयाँ कार्य समिती गठन गरेकोे छ । उक्त समितीमा अत्तरिया मोबाईल व्यवसायी संघबाट प्रथम उपाध्यक्षमा गंगा प्रसाद निरौला, सदस्यमा गणेश बोगटी र चन्द्र सिंह धामी गरी ती जना चयन भएका छन् ।
यस्तै अत्तरिया मोबाईल व्यवसायी संघबाट जिल्लामा उपाध्यक्षमा सन्तोश कुमार भट्ट, सह कोषध्यक्षमा देव सिंह विक, सदस्यमा प्रताव बम र सल्लाहकार सदस्यमा नेत्र बहादुर मोक्तान चयन भएका छन् ।
