धनगढी : कैलालीमा प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका धनगढीका २५ वर्षीय बुद्धीराम चौधरीको मृत्यु भएको हो ।
उनी जेठ ३ गते भन्सार छलीका सामानसहित पक्राउ परेका थिए ।
एक्कासी बेहोस भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कविन्द्र बोहराले बताएका छन ।