कञ्चनपुर : कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ सालघाडीका लालबहादुर थापा आज दिउँसो मृत फेला परेका हुन् ।
५६ वर्षीय थापा १५ वर्षदेखि सुकुम्बासी बस्तीमा बस्दै आएका थिए । घटनाको विषयमा वडा प्रहरी कार्यालय महेन्द्रनगरले अनुसन्धान गरिरहेको जनाएको छ ।