बैतडी : बैतडीको पुच्र्यौडी नगरपालिका -४ भोडरका दुई दाजु-बहिनीको भारतको कर्नाटकमा शंकास्पद मृत्यु भएको छ ।

कर्नाटकमा मजदुरी गर्दै आएका बुबा-आमासँग बस्दै आएका १७ वर्षीय विक्रम धानुक र १५ वर्षीया छोरी शिरिष्मा धानुकको कर्नाटकमा गत शनिबार शंकास्पद मृत्यु भएको मृतकका आफन्त जीवन धामीले जानकारी दिएका छन ।
दुवै दाजु-बहिनीको खोलामा डुबेको अवस्थामा शव फेला परेको थियो । उनीहरुको शरीरमा चोट देखिएको आफन्तले बताएका छन ।
मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ । घटनापछि मृतकका बुवा नन्दसिंह बेपत्ता रहेको बताइएको छ । मृतकका आफन्तले घटनाको छानबिनको माग गरेका छन् ।