धनगढी : कैलालीको धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको छ । जेठ १६ गतेदेखि नेपालकै पहिलो १७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको हो ।
साहारा नेपाल युवा क्लबले सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण गर्ने भएको हो । प्रतियोगिता टि-२० फरमेटको प्रणालीबाट खेलाइने छ । धनगढी उपमहानगरपालिका-१३ मा रहेको जनता राष्ट्रिय विद्यालयको खेलमैदानमा प्रतियोगिता हुने छ ।
जेठ १६ गतेदेखि २५ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले ५० हजार नगद र उपबिजेताले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।
प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहने आयोजक टिमका संस्थापक सदस्य मनोज भट्टले बताए । अहिले तीव्र गतिमा प्रतियोगिताको तयारी चलिरहेको छ । खेलमैदान सफाईदेखि पिच बनाउने काम भइरहेको प्रतियोगिता संयोजक महेन्द्र सिंह धामीले बताए ।
