कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी : कैलालीमा पानी पिउने क्रममा करेन्ट लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका-३ कुचैनीमा गोदावरी इटा उद्योगमा रहेको बिद्युतिय मोटर जडित नल्कामा पानी पिउने क्रममा भारतको लख्खिमपुर घर भई सोही उद्योगमा काम गर्ने ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको हो ।

गौतम करेन्ट लागेर गम्भिर घाईते भएको र उनको उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढी गए राति ११ः ३० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Nabadurga Sunchadi
Loading...