बाजुराबाट विद्यार्थी बोकेर रारा जाँदै गरेको जिप दुर्घटना

बाजुरा : बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ ।

बिहीबार जिल्लाको हिमाली गाउँपालिका-५ कोल्टिको भवानी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई रारा लैजादै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा-२ जाम हिलटपमा दुर्घटना भएको हो ।

जिपमा सवार १२ जना घाइते भएका छन् । उनीहरूमा ११ जना विद्यार्थी, २ जना शिक्षक र जिप चालक गरी १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रहरीले घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताएको छ ।

Nabadurga Sunchadi
Loading...