बाघकाे आक्रमणबाट एक जनाकाे ज्यान गयाे

बर्दिया : बर्दियामा पाटे बाघको आक्रमणबाट बैजनाथ गाउँपालिका-८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकायको ज्यान गएको छ ।

बाँसगढी नगरपालिका-४ जनचेतना सामुदायिक वन बढुवार गाउँ नजिक बाघको आक्रमणबाट रोकायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

दिदीसँगै बैजनाथबाट बाँसगढी नगरपालिका-४ बठुवा जाने क्रममा रोकायलाई बाघले आक्रमण गरेको थियो । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

Nabadurga Sunchadi
Loading...