बझाङबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

बझाङ : बझाङबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

बिहीबार साइपाल गाउँपालिका-४ की २६ वर्षीया सुपारी कुमारी बोहराको हेलिकोप्टरमार्फत उद्धार गरिएको गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताइन् ।

उच्च रक्तस्राव भएपछि धुली स्वास्थ्य चौकी आएकी उनलाई जिल्लामा उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत उद्धार गरी सुर्खेत पठाइएको बताइएको छ ।

Nabadurga Sunchadi
Loading...