बझाङ : बझाङमा काफलको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका-७ को ठुलीखाली जंगलमा बुङ्गल नगरपालिका-१० डौडकी ४५ वर्षीय प्रमा बागको रुखबाट लडेर मृत्यु भएको हो ।
उनको बिहिवार दिउँसो घटना स्थलमा नै मृत्यु भएको बझाङ प्रहरीका सूचना अधिकारी व्यापक चन्द्र शाहले बताए । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी बेस देउलेखबाट प्रहरी हल्दार बासुदेव तेलीसहितका तीन जनाको टोली घटना स्थल पुगेको थियो ।
घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
