अत्तरियाबाट होटल सञ्चालक सहित अनैतिक क्रियाकलापमा संलग्न ३ युवा युवती पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ३ युवा युवती पक्राउ परेका छन ।

आज (बिहिबार) साँझ गोदावरी नगरपालिका-२ अत्तरिया स्थित डोटी दिपायल होटलबाट प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न २ युवक र १ युवतीलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई अनैतिक क्रियाकलाप गराएको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक सहित २ पुरुष र १ महिला रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...