कैलालीको एक घरमा आगलागी

धनगढी : कैलालीको एक घरमा आगलागी भएको छ । जानकी गाउँपालिका-३ भगतपुरका मनदरी ठकुल्ला थापाको एकतले पक्कि घरमा बिजुलिको तार सर्ट भई बिहीवार आगलागी भएको हो ।

आगलागी हुँदा घर भित्र रहेका नगद, सुन, चाँदी, खद्यान्न लगायतका सामान गरी अन्दाजी ७ लाख ९२ हजार १२५ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिई उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Nabadurga Sunchadi
Loading...