भेट्रान्स कपको फाईनल खेल भोलि हुने, उपाधीका लागि टिम माईकिज र अनुपमा अलराउन्डर्स भिड्ने

अत्तरिया : कैलालीको अत्तरियामा जारी भेट्रान्स कप क्रिकेट प्रतियोगिताको फाईनल खेल भोली (शनिबार) हुने भएको छ । उपाधीका लागि अत्तरियाको टिम माईकिज क्याफे र धनगढीको अनुपमा अलराउन्डर्स भिड्ने भएका छन ।

बुधबार भएको सेमिफाईनल खेलमा महेन्द्रनगर ब्वाईजलाई पराजित गर्दै टिम माईकिज क्याफे फाईनलमा प्रवेश गरेको थियो भने बिहिबारको खेलमा गुलरिया बुल्सलाई पराजित गर्दै अनुपमा अलराउन्डर्सले आफ्नो फाईनलको यात्रा तय गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको अनुपमाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १६९ रन बनायो । १७० रनको लक्ष्य पछ्याएको गुलरिया बुल्स १६ दशमलव २ ओभरमा १ सय रनमै समेटियो ।

पिएफए स्पोर्ट्स क्लबको आयोजनामा यहि जेठ २ गतेबाट शुरु भएको प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशभरीका ९ वटा टिमको सहभागीता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.१ लाख ११ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ भने द्धितिय हुने टिमले नगद रु.५५ हजार ५५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगीतामा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु.१० हजार, उत्कृष्ट ब्याट्सम्यान तथा बलरलाई समान रु.५\५ हजार र प्रत्येक म्याचको म्यान अफ द म्याचलाई उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको बताईएको छ ।

Nabadurga Sunchadi
Loading...