गोदावरी-१० खमौरामा करेन्ट लागेर एक जनाको मृत्यु

अत्तरिया : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका-१० खमौराका ३५ वर्षीय टिकाराम जोशीको करेन्ट लागेर आज (शुक्रबार) बिहान मृत्यु भएको हो ।

आफ्नै घरमा मोटरको तार जोड्नेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...