कैलालीको गौरीगंगामा अबैध काठ बरामद

धनगढी : कैलालीमा अबैध काठ बरामद गरिएको छ ।

गौरीगंगा नगरपालिका-९ बनखेत स्थित गौरीगंगा सामुदायिक साँझेदारी वन भित्र लुकाई छिपाई राखिएको सालको गोलिया थान-५ (५३.६८ क्युफिट) अबैध काठ ईलाका प्रहरी कार्यालय मसुरिया र सब-डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको उक्त काठ सब-डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...