अत्तरियाको एक आइसक्रिम उद्योगमा म्याद नाघेका केमिकल भेटिए

अत्तरिया : कैलालीको अत्तरियामा सञ्चालनमा रहेको एक आइसक्रिम उद्योगले लापरबाही गरेको पाईएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको पुर्णागिरी आइसक्रिम उद्योगले म्याद नाघेका केमिकल प्रयोग गरिरहेको शनिबार नगरपालिकाको अनुगमन टोलीले फेला पारेको हो ।

नगरपालिकाका कर्मचारी टेक बहादुर शाहुका अनुसार अनुगमनका क्रममा दुइ डिब्बा म्याद नाघेका केमिकल फेला परेका थिए तर ति डिब्बाहरु प्रयोग नगरेको अवस्थामा रहेका थिए ।

अनुगमन टोलीले म्याद नाघेका केमिकल जफत गरेको छ । उक्त आइसक्रिम उद्योगले सरसफाइमा पनि ध्यान नदिएको पाईएको अनुगमन टोलीले जनाएको छ ।

टोलीले उक्त आइसक्रिम उद्योगलाई सरसफाइका मापदण्ड लागु गर्न तीन दिनको समय दिँदै सुधार नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

Nabadurga Sunchadi
Loading...