बाजुरामा नहरमा डुबेर एक बालिकाको मृत्यु

बाजुरा : बाजुरामा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

गौमुल गाउँपालिका-६ गौरीबाडाका गणेश विककी ६ वर्षीया छोरी भग विकको शनिबार नहरमा डुबेर मृत्यु भएको हो ।

बालिकाको सिमधार लद्यु जलविद्युतको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको स्थानीय शेरबहादुर चदाँराले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय बाजुराले बालिकाको नहरमा डुबेर मृत्युु भएको जानकारी आएको जनाएको छ ।

Nabadurga Sunchadi
Loading...