बझाङमा एक पुरुष मृत फेला

बझाङ : बझाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको बित्थडचिर गाउँपालिका-४ का ४५ वर्षीय रामबहादुर बोहरा आईतबार बिहान आफ्नै कोठामा सुतेको अवस्थामा मृत फेला परेका हुन् ।

शनिवार साँझ घर परिवार सँगै खाना खाएर आफ्नै घरको कोठामा सुतेका बोहरा आईतबार बिहान मृत फेला परेका र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...