गोदावरी नगर स्तरीय डान्स कम्पीटीसनको पहिलो चरणमा ७४ विद्यार्थी छनोट

अत्तरिया : कैलालीको गोदावरी नगर स्तरीय डान्स कम्पीटीसनको पहिलो चरणमा ७४ विद्यार्थी छनोट भएका छन । वन व्ये डान्स क्याम्पको आयोजनामा गोदावरी नगर स्तरीय प्राथमिक स्कुल एकल नृत्य प्रतियोगिता अन्तरगत शनिबार भएको प्रतिस्पर्धामा ७४ विद्यार्थी छनोट भएका हुन ।

गोदावरी नगरभरिका कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगिताको पहिलो चरणमा २१६ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । जसबाट ७४ विद्यार्थी छनोट भएका वन व्ये डान्स क्याम्पका संचालक नरेश विसीले बताए । उनले प्रतियोगितामा सहभागि ८५ विद्यार्थी वेटिङमा रहेको बताए ।

साना बालबालिकाको प्रतिभा बाहिर ल्याउनको लागि आयोजना गरिएको प्रतियोगिताको प्रमुख प्रायोजक लोटस आई इङ्लिस बोर्डिङ स्कुल रहेको छ । त्यस्तै प्रायोजकमा एभरेष्ट एकेडेमी अत्तरिया, सह प्रायोजकमा साधना पथ एकेडेमी लालपुर, किड्स जोन अत्तरिया, ज्ञान ज्योती अत्तरिया, संघर्ष क्याफे र क्याविनेट रिसोर्ट अत्तरिया रहेका छन ।

नगर स्तरीय डान्स कम्पीटीसनमा प्रथम हुनेलाई २० हजार १५१, दोस्रो हुनेलाई १० हजार १५१ र तृतीय हुनेलाई ५ हजार १५१ पुरस्कार प्रदान हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाली गीतमा मात्रै नृत्य गर्न पाइने, आइटम गीतहरूमा नृत्य गर्न नपाइने, गीत २ मिनेट ३० सेकेन्ड भन्दा बडी हुनुपर्ने सर्त राखिएको छ ।

Nabadurga Sunchadi
Loading...