कैलालीको गोदावरी-८ मा एक जना मृत फेला

अत्तरिया : कैलालीको गोदावरीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका-८ का ५५ वर्षीय नरबहादुर धामी मृत अवस्थामा फेला परेका छन् ।

धामीलाई गोदावरी-८ को जमुनाभाडी स्थित मुख्य राजमार्गबाट अन्दाजी सात\आठ सय मिटर भित्री नालामा मृत फेला पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

Nabadurga Sunchadi
Loading...