कञ्चनपुर : कञ्चनपुरका करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको बेलौरी नगरपालिका-२ कटानकी ५५ वर्षिया द्रोपती चौधरीको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै कच्ची घरको भित्र कोठाको ढोकामा मुसाले काटेको बिजुलीको तारमा हात लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताईएको छ ।
उक्त विषयमा थप अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
